Thursday, May 6, 2010

ईश्वरसम्म पुग्ने बाटो

मसँग एउटा पीडा छ
हुन सक्छ
अरूसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

तर अचम्म
यो कस्सैसँग मिल्दैन।

दुनियाँमा अनिकालको रगरगी छ
राहत अभियानमा जुटेका कैयौँ अक्षरहरूसँग
मिल्दैन यो।
खडेरीको घाममा निस्केर जिन्दगीको
अतिभौतिक व्याख्या गर्नेसँग पनि मिल्दैन।

यो त
बेग्लै तर अति सामान्य भएर
हावामा बिलिन्छ र
मान्छेको सासमा बस्छ-थाहै नपाई।
अत्यन्त तिक्खर र क्खुर भएर
रीमा मिल्छ।

एउटा वेदना छ मसँग
हुनसक्छ
अरूको प्रणयसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

मान्छेको सासको जिउँदो गन्ध
मान्छेको प्राणको तातो स्वरले
यो पीडालाईयो वेदनालाई
मोहक आनन्द दिन्छ, दिइरहन्छ।

मभित्र एउटा करूणा छ
हम्मेसी डाँको छोडेर रुन खोज्ने
आँसुको पारदर्शी तरलतामा भिजेर
चोखो भइरहने।
हुनसक्छ
ईश्वरसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

No comments:

Post a Comment