Friday, March 23, 2012

कुनै लेखोट छैन - Not any written

कुनै लेखोट छैन जसले हात बाँधेको होस् ।

कुनै मालिक छैन जसले बिबेक किनेको होस् ।
--
एउटा मुल्य हुन्छहोला जीवनको,सिमा दायरा पनि हुदोहो,तर लम्पसार परेर मागिरहेछु सबै भुलेर ।।
...
आफ्नो पखुरी र पसिना ले आत्मा साम्मान कमाएका ए पुर्खाहरुहो,शब्दमा माफि मागु भने त्यसमा कुनै तुक छैन।
मेरा कर्महरु तिम्रो बाटोमा छैनन।
म् लाज पचाएर मागिरहेको एउटा भखरी।।।।

(Source: Rishi Chhetry)

आमा - mother - mom

यती माया यती समर्पण, तुलना हुन सक्ने कुनै अर्को छैन ।
आफ्नो खुशी पनि मेरा मुहारमा खोज्छोउ,रहरहरु मेरै लागि आहुती दिन्छोउ।
तिम्रो यो माया-समर्पण,मैले कहिल्येई भुक्तान गर्न सक्ने छैन,
...
तिमीले माग्ने पनि छैनोउ ।।
म विश्वाश गर्दिन तर यदी पुनर्जन्म हुन्छ भने म कामना गर्छु,हामी यही भूमिका लिएर आँउ ,म स्वार्थी छु---जो तिमी मेरलागी यती गर्छोउ ।।
शायद यस्तै भएर होला तिमीलाई बोलाउने शब्दमा नै यती ओज छ-यती वजन छ......"आमा" ।।।।

(sourece: Rishi Chhetry) for mother - aama

Thursday, May 6, 2010

ईश्वरसम्म पुग्ने बाटो

मसँग एउटा पीडा छ
हुन सक्छ
अरूसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

तर अचम्म
यो कस्सैसँग मिल्दैन।

दुनियाँमा अनिकालको रगरगी छ
राहत अभियानमा जुटेका कैयौँ अक्षरहरूसँग
मिल्दैन यो।
खडेरीको घाममा निस्केर जिन्दगीको
अतिभौतिक व्याख्या गर्नेसँग पनि मिल्दैन।

यो त
बेग्लै तर अति सामान्य भएर
हावामा बिलिन्छ र
मान्छेको सासमा बस्छ-थाहै नपाई।
अत्यन्त तिक्खर र क्खुर भएर
रीमा मिल्छ।

एउटा वेदना छ मसँग
हुनसक्छ
अरूको प्रणयसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।

मान्छेको सासको जिउँदो गन्ध
मान्छेको प्राणको तातो स्वरले
यो पीडालाईयो वेदनालाई
मोहक आनन्द दिन्छ, दिइरहन्छ।

मभित्र एउटा करूणा छ
हम्मेसी डाँको छोडेर रुन खोज्ने
आँसुको पारदर्शी तरलतामा भिजेर
चोखो भइरहने।
हुनसक्छ
ईश्वरसम्म पुग्ने यै एउटा बाटो छ
मेरो।